थबाङमा सौर्य मिनी ग्रीड परियोजना : पुर्वसभामुख ओनसरीद्धारा शिलान्यास


पौष १५, रोल्पा । रोल्पाको थबाङमा नेपालकै ठुलो क्षमताको सौर्य प्रणाली द्धारा विधुत उत्पादन हुने भएको छ । सोमबार पुर्व सभामुख तथा प्रतिनिधी सभा सदस्य ओनसरी घर्ती मगरद्धारा थबाङ गाउँपालिका -१ विवाङमा १५० किलोवाटको सौर्य मिनी ग्रीड परियोजनाको शिलान्यास गरेकी छिन ।

बिधुत उत्पादनका लागि नेपाल सरकारको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय वैकल्पिक उर्जा प्रबर्धन केन्द्र र सुर्योदय उर्जा प्रा.लि विच सम्झौता भएको छ । उक्त योजना २०७६ मङ्सिर ११ गते ( ८ महिना) भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

कूल ८ करोड १० लाख २० हजारको लागतमा उक्त परियोजना निमार्ण हुने भएको छ । जसमा एसियाली विकास बैंकको ३ करोड २४ लाख ८ हजार, वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको ४ करोड ५ लाख १० हजार र थबाङ गाउँपालिकाको ८१ लाख २ हजार गरी कूल ८ करोड १० लाख २० हजारको लागतमा परियोजना निमार्ण हुने भएको हो ।

दिनमा ६ सय युनिट विधुत उत्पादन हुने उक्त परियोजनबाट थबाङ गाउँपालिका १ र २ का करिव ४०० घरधुरीले बत्ती बाल्न पाउनेछन ।

शिलान्यास गर्न थबाङ पुगेकी पुर्वसभामुख ओनसरी घर्तीमगरले देशको राजनीतीक परिवर्तनमा थवाङको महत्वपूर्ण भुमिका रहदै आएको बताएकी छन् । थवाङकै सङ्घर्षले गर्दा आज देशले मुहार फेरेको बताउदै, थवाङको विकासको लागी अहिले सवैको चासोको रुपमा हेरिएको जनाइन ।

यसैक्रममा पुर्व सभामुख घर्तीद्धारा गाउँपालिकाको कार्यालय र जलजला समुदायिक अस्पतालको अनुगमन तथा निरिक्षण गरेकी थिइन ।

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको