सुर्खेत ‘गौह’त्या’ छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति [विज्ञप्तिसहित]


भदौ १४, काठमाडौं । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृ’त भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृ’त फेला परेका थिए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।

‘गौह’त्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस् विज्ञप्ति

१४ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको