२०७६ भदौ १३, बागलुङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डीला संग्रौलाले दुई तिहाई बहुमतको सरकारले जनतालाई निराश बनाएको बताएकी छन् । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बौल्दै उनले सरकार भ्रष्टचारको दलदलमा फसेकाे आरोप लगाइन् ।
‘दुई तिहाईको सरकारले मुलुकमा समृद्धि ल्याउने जनताको आशा थियो,’ उनले भनिन, ‘सरकार भने भ्रष्टचारी, हत्याराको संरक्षण र आसेपासे पोस्न व्यस्त भयो ।’ उनले हत्या, हिंसा, बलात्कार जस्ता अपराध रोक्न सरकार असफल भएको बताइन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कार्यकर्ता पोस्न मात्र ल्याएको उनको आरोप छ । ‘स्वरोजगार कार्यक्रमको नाममा सरकारले मकै खन्ने, बाँदर धपाएर बजेट फ्याँकेर कार्यकर्ता पोस्ने काम भयो,’ उनले भनिन् ‘कार्यकर्ता पोस्नेबाहेक कुनै काम देखिएन् ।’
अर्काे प्रसंगमा उनले कांग्रेसको नेतृत्वप्रति असन्तुष्टि पोखिन् । पार्टी र भातृ संगठनमा आवश्यक पद पूरा गर्न नसकेको भन्दै उनले असुन्तुष्टि जनाइन् । नेविसंघको महाधिवेशन गर्न नसक्नु, तरुण दल र महिला संघलाई निस्कृय बनाउनु जस्ता गल्ती सुधार्नु पर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस