उत्तर कोरियाली नेता किम अब झन् शक्तिशाली


भदौ १४, सोल । उत्तर कोरियाको विधायिकाले आफ्नो संविधान परिमार्जन गर्दै यहाँका नेता किम जोङ उनको भूमिकालाई अझै शक्तिशाली बनाएको छ ।

नेता किमलाई कम्युनिस्ट राष्ट्र उत्तर कोरियाका संस्थापक उनकै हजुरबुवाको हैसियतमा पुर्‍याइएको छ । अब उनले वैधानिक रुपमा राज्यका सबै निकायको बागडोर सम्हाल्ने छन् । साथै सम्पूर्ण शक्ति उनमै केन्द्रित रहनेछ ।

यसअघि किमले ‘सर्वोच्च नेता’को रुपमा राज्यको सम्पूर्ण सैन्य शक्ति सम्हाल्दैआएका थिए । अब उनी आफ्ना हजुरबुवा झैँ राज्य संयन्त्रको प्रमुख हुनेछन् ।

किम आफ्ना बावु किम जोङ इल २०११ मा बितेपछि ३० वर्ष उमेर नपुग्दै राज्यको जिम्मेवारी सम्हालेका थिए ।

१४ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको