बि पि बिद्रोहि/जेठ १७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी काँस्कीले एकीकृत जनक्रान्तीको दौरानमा सहिद भएका आफ्ना कार्यकर्ताहरुको सम्झनामा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। पोखराको एक गोप्य स्थानमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै नेकपा कास्की जिल्ला इन्चार्ज रुपेसले सहिदहरुले बगाएको खुन पसिना खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको ईतिहासमा अहिलेको नेकपा माथिको प्रतिबन्ध नयाँ नभएको बताउदै उनले भने, ‘हिजो राणाहरुले काङ्ग्रेसलाई, पन्चहरुले कम्युनिस्टलाई र राजतन्त्रले माओवादीलाई लगाएको प्रतिबन्धको शृङ्खला हो। प्रतिरोधका हिसाबले अहिलेको नेकपा माथिको प्रतिबन्ध एकदमै स-सक्त भएको उनले बताए ।
कार्यक्रममा बोल्दै बेपत्ताका पुर्ण पौडेलकि आमा मोतिमाया पौडेलले ‘प्रचण्डलाई सम्पती चाहिएको भए, हामी दिने थियौं’ भन्दै जनतालाई परिबर्तनको आस देखाएर आज भ्रस्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाईन । प्रकाश दाहालको मृत्युु हुँदा सीता दाहाल मानसिक रोगी भएको बताउदै उनले भनिन २० बर्ष भयो, मेरो छोरा घर नफर्केको मैले कसरी सहें होला?
कार्यक्रममा बोल्दै प्राध्यापक हिमलाल पराजुलिले जनताका छोराछोरी मारेर नेता बन्ने राजनैतिक संस्कारको बिकास भएकाले अबको आन्दोलनमा त्यस्तो हुन नहुने बताउनुभयो। कास्की जिल्लाबाट जनयुद्धको क्रममा सहिद हुनेहरुको नाम पढेर सुनाउदै पराजुलीले थप्नुभयो । सहिदहरुको लाममा फेरि थपिएको छ । सहिद र बेपत्ता घाइतेहरुको सपना पूरा गर्नैपर्छ।
कार्यक्रममा प्रतिबन्धपछि राज्यले पक्राउ गरेर छाडेका कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ, मजुर नेता अमृत सापकोटा, विद्यार्थी नेता प्रकाश बास्तोलालाई सम्मान गरिएको थियो । साथै हिरासत बसाईको अनुभव सुनाउने कार्य भएको थियो । आफुहरुलाई मानसिक तथा शारीरिक चरम यातना दिए समेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस