प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्जु मर्यादित भएन: मोहन वैद्य


जेठ १७, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् ।

पार्टी एकीकरण पछि प्रधानमन्त्री पदमा नेपाल कम्युष्टि पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले आलोपालो खोजेको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् ।

क्रान्तिकारी पत्रकार महासंघले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्जु मर्यादित नभएको बताए ।

पार्टी एककिरण न नटुङ्गिको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत भएको उनको भनाई थियो ।

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको पनि उनले आरोप लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि खुलाए ।

वैद्यले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरेका छन् । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यले दाबी गरे ।

‘१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ?, उनले प्रश्न गरे । व्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय र कृषि मैत्री बजेट आउन नसकेको उनको जिकिर थियो । क्रान्तिकारी पत्रकार महासंघको कार्यक्रम उद्घाटन गर्न वैद्य बुटवल आइएका हुन् ।

१७ जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको