चप्पल लाउनेले गणतन्त्र ल्याए, टाइसुटवालाले फाईदा लुटे: सांसद झाँक्री


जेठ १७, काठमान्डौ । युवा कम्युनिष्ट नेतृ तथा सांसद रामकुमारी झाँक्रीको स्वभाब बिद्रोही छ । आफुलाई गलत लागेको बिषय बहसको रुपमा उठान गर्ने एक कुशल युवा नेताको रुपमा स्थापित नेतृ पनि हुन उनि।

कम्युनिष्टका धेरै युवा नेताहरुलाई च्याप्लुसि राजनीतिज्ञको आरोप लाग्ने गर्छ अर्थात पुराना नेताहरुको आशिर्बादमा आजका युवाहरुको राजनीतिक दुनो सोझ्याउने परिपाटी बनेको छ ।

आफ्नो आँखै अगाडी गलत देखेर पनि ढाकछोप गर्दै बचाउ गर्ने आजका युवा नेताहरुको कारण पुरानो नेतृत्व युगअनुसार चल्न नसकेकै हो ।  उनीहरुको आशिर्बादमा पदीय प्रतिष्ठाको आयतन बढाउने ध्याउन्तमा छन्, ति लाचार युवा नेताहरु ।

तर त्यो भन्दा पृथक रहेर बेलाबखत गलत प्रवृतिका बिरुद्द जुझारु बनेर अन्तरसंघर्षमा भाग लिने नेताको छबि बनाएकी छन्, सांसद झाँक्रीले । फलस्वरूप ढाकछोपको राजनीति भन्दा केहि पर रहेर सर्बहारा बर्गीयपक्षधरको अडान लिने कम्युनिष्ट युवा नेतृ मध्ये पर्छिन उनि ।

गणतन्त्र आएपछि धेरै कम्युनिष्ट नेताहरुले खुसि व्यक्त गरिरहदा, रामकुमारी झाँक्री भने यो ब्यबस्थाको आचरण र व्यवहार प्रति खुसि छैनन् ।

सांसद झाँक्रीले १२ औं गणतन्त्र दिबशको सन्दर्भमा गज्जबको समिक्षा गरेकी छन् । उनले ०५९ सालतिर राजतन्त्रविरुद्ध गरेको मिनि जनमत संग्रह र राजतन्त्रको सान्दर्भिकता विषयमा गरेको छलफललाई स्मरण गर्दै कल्पना भन्दा बाहिरको गणतान्त्रिक ब्यबस्था आएकोमा चिन्ता व्यक्त गरिन ।

गणतन्त्र बिषयक नेपाल समय अनलाइनमा उनले गरेको समिक्षा अनुसार चप्पल लाउनेहरुले ल्याएको गणतन्त्र टाइसुटवालाहरुलाई फाइदा पुगेको बताईन ।

‘यो ब्यबस्था ल्याउन म्याजिक चप्पल लगाउनेहरू सडकमा थिए तर गणतन्त्र आएपछि फेरि पनि अगाडि त्यही कोट लगाउने र टाई लगाउनेहरु नै भए’ भन्दै दुखेसो पोखिन ।

भाबुक आशयमा आन्दोलनमा भेटिएका खालि चप्पल्हारुको स्मरण गरिन । ‘आन्दोलनका बेला दमन हुँदा विभिन्न ठाउँबाट ट्रकका ट्रक चप्पल भेटिन्थ्यो । त्यसले के प्रमाणित गर्छ भने सडकमा त्यही चप्पल लगाउनेहरु थिए । चप्पल लगाउनेहरुले हो गणतन्त्र ल्याएको । तर फाइदा टाइसुटवालाहरुले लुटे’ उनले भनिन ।

‘गणतन्त्र ल्याउन सडकमा चप्पल छोड्ने उनीहरूको जीवनमा गणतन्त्रले खै के परिवर्तन ल्यायो ? यो निकै गम्भीर विषय हो’ यसरि गणतन्त्र दिवशको सेरोफेरोमा रहेर झाँक्रीले गणतन्त्रको समिक्षा गरिन ।

हो यहाँ रामकुमारी झाँक्रीले भने जस्तै ‘गणतन्त्र आएको छ तर तिनै राजतन्त्रमा राजगारने सुटबुटवालाहरुलाई नै आएको छ ।’

गणतन्त्र ल्याउन सडकमा म्याजिक चप्पल लगाएर कुद्नेहरुलाई अझै गणतन्त्र आएको छैन । जसको नाम बेचेर गणतन्त्र आएको हो तिनै जनताको लागि महंगी र अभाबले थिचिरहेको छ ।

बर्षै पिच्छे बजेट भाषण हुन्छ, तिनै सरकारी सेवा सुविधामा पेट भर्ने कर्मचारी र नेताहरुको प्रतिशतका आधारमा तलब बृद्दि हुन्छ ।

यस अर्थमा पनि गणतन्त्र ल्याउनेहरु आफैमा सन्तुष्ट छैनन । नैतिकता पचाएकाहरु जनतालाई भ्रम छर्दै लुट मच्चाई रहेका छन् । भ्रष्टचार गर्दै छन् । देशका नागरिकालाई ऋणको भारि बोकाउदै छन् ।

१७ जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको