बारामा भीषण हावाहुरी: २२ बढीको मृत्यु, सयौ घाइते


चैत १७, काठमाडौँ । बारामा भिषण हावाहुरी र असिना–पानीको कारण २२ जना भन्दा बढीको मृत्यु भएको छ ।

आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २२ जनाको मृत्यु भएको हो । यस्तै हावाहुरीबाट सयौको संख्यामा घाइते भएका छन् ।

बारामा २१ जना र पर्सामा १ जना गरेर २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन्।

अहिलेसम्ममा घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले जानकारी दिएका छ्न् । घाइतेहरुले नारायणी अस्पताल भरिएको बताइएको छ ।

अहिलेसम्ममा धनजनको के–कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी भने आइनसकेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई एमबुलेन्स, ई–रिक्सा, मोटरसाइकल लगाएतले उद्धार गरिरहेको जानकारी गराइएको छ ।

हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उद्दारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको जानकारी दिएका छन् ।

१७ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको