मध्य कमाण्ड इन्चार्ज सुदर्सनसहित ९ जनाको म्याद १५ दिन थपियो


चैत १७, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले १५ दिनका लागि म्याद थप गरेको हो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका थिए । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

सुदर्शनसहित पक्राउ गरिएकाहरु केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । प्रहरीले उनीहरुलाई यही चैत ९ गते बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा पक्राउ गरेको थिय ।

नेता सुदर्शन गिरफ्तारीको वामपन्थी शक्ति, बुद्धिजीवी, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, कलाकारहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

१७ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको