दोस्रो रोल्पा महोत्सवको सम्पुर्ण तयारी पुरा


माघ १७, रोल्पा । दोस्रो रोल्पा महोत्सवको सम्पुर्ण तयारी सकिएको आयोजकले बताएको छ ।

बिहिबार पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो । कृषि, घरेलु उत्पादीत बस्तु, पर्यटन प्रवद्धन र व्यापारका लागी भोली वाट सुरु हुने महोत्सव यहि २४ गते सम्म चल्ने छ ।

आज नै विभिन्न गाउँपालीका बाट झाँकी, खेलाडि तथा विभिन्न अतिथीहरु आई सकेको आयोजकले बताएको छ । साथै सुलिचौर वजार र रुइनिवाङ बजारलाई सजाउने काम सकिएको छ । सुरक्षाका लागी थप सुरक्षाकर्मि परिचालन गरिएको जनाइएको छ ।

महोत्सव अवधिभर २ करोडको कारोबार हुने र ३० हजारले अवलोकन गर्ने आयोजकले बताएको छ । भोली वजार परिक्रमा गरि विहान ११: ३० वजे महोत्सवको औपचारीक उद्घाटन गरिने छ ।

सम्मेलनमा मुल आयोजक समितीका संयोजक विश्वकुमार चन्द, रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वालकृष्ण सुवेदी, सुनिल स्मृती गाउँपालीकाका अध्यक्ष गुणेन्द्र घर्ति, सुनछहरी गाउँपालीकाका अध्यक्ष आसबहादुर पुन, सदस्य सचिव तथा पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्योपाने लगाएको उपस्थिती रहेको थियो ।

सम्मेलनको संचालन प्रचार संयोजक मानसिङ विकले गर्नु भएको बताइएको छ ।

-लोकेन्द्र चन्दको सहयोगमा

२०७५ माघ १७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको