केपी-प्रचण्ड होइन, विप्लवको नेतृत्वमा समाजवाद आउँछ: नेता पुन


माघ १७, पाँचथर । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान मेचि ब्युरोको ईलाम र पाँचथरमा घनिभूत तरिकाले अघि बढिरहेको छ ।

अभियानको १७औं दिन पाँचथरको फाल्गुणानन्द गाउँपालिका साविकको आङसाराङ ६ मेलबोटेमा बिहिबार विशाल जनसभा सम्पन्न भएको छ । सामना साँस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुति सहित सम्पन्न जनसभालाई पार्टीका पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेता पुनले नेपालमा अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधिकरण गरिएको बताए ।

नेता पुनले बहुराष्ट्रिय कम्पनी अन्र्तगतको एनसेलले नेपालबाट ७२ अर्ब करछलि गरेको बिरुद्धमा अखिल क्रान्तिकारीले देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा बिहिबार झापाको दमकमा बिद्यार्थीहरुमाथि भएको प्रहरी दमनको भत्र्सना गरे ।

नेता पुनले भने–‘केपी ओलीको राजा शैलीको सवारी झापामा भएकोले मालिकको भक्तिभाव प्रदर्शन गर्न दलाल सुरक्षा प्रशासनले दमन गरेको होला । लिपु लेक हाम्रो हो भन्दा डण्डा बर्षाउने, एनसेलको करछलिका बिरुद्ध प्रदर्शन गर्दा दमन गर्ने, निर्मला पन्तका हत्यारालाई कार्वाही गर भन्दा गोली चलाउने, भ्रष्टाचारीलाई कार्वाही गर भन्दा र महंगी तथा चर्को कर घटाउ भन्दा दमन गर्ने सामाजिक दलाल फाँसिवादी सरकार सम्पूर्णरुपले पतन भैसकेको छ ।

रोम जलिरहेको बेला त्यहाँको शासक निरोले बाँसुरी बजाएर बसे जस्तै नेपालमा पनि देश र जनता कथित कम्युनिस्ट नामको सरकारको ज्यादतीका कारण आक्रान्त छ तर निरोको नेपाली अवतार केपी ओली जनतामा खुसियाली छ भनेर काठमाडौंमा बाँसुरी बजाएर बसेका छन् ।’

नेता पुनले थप भने–‘नेपालका संसदवादी कम्युनिस्टहरू आफ्नो सिद्धान्त र आदर्शबाट बिचलित भएर संसदीय पँुजीवादको पिंजडामा थुनिएको सुगा जस्तै माक्र्सवादी भाषा बिर्सिएर बहुलाएकाछन् ।

वास्तवमा पिँजडामा हालेको सुगा बोलेको हैन कि प्राकृतिक स्वच्छन्दताबाट पिजडामा कैद भए पछि आफ्नो भाषा बिर्सेर बहुलाएको हो जसले आफुले मान्छेको लवज त बोल्छ तर अर्थ बुझ्दैन केपी र प्रचण्ड त्यस्तै भएकाछन् ।’

नेता पुनले केपी प्रचण्ड नक्कली कम्युनिस्ट भएकोले यिनीहरूको नेतृत्वमा समाजवाद नआउने भएकोले विप्लवको नेतृत्वमा बैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति अगाडि बढेकाले साथ दिन जनतालाई अपिल गरे ।

सामना परिवारका सह–संयोजक आरोह नेपालीको सञ्चालन, पाँचथरका जिल्ला इन्चार्ज दर्शनको स्वागत मन्तब्य र जिल्ला सचिव पेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानकर्मी र सामना कलाकारलाई स्वागत गरिएको थियोे ।

कार्यक्रममा शिक्षक, बिद्यार्थी, जनता, स्थानीय व्यापारी, बुद्धिजीवी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियोे ।

२०७५ माघ १७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको