कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


माघ १७, काठमाडौँ । एकसाता अघि पारित भएको चिकित्सा शिक्षा विधेयकमा संशोधन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेदेखि बसेको बैठकमा बोल्दै कांग्रेस सांसद डा मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयकमा संशोधन गरी डा. गोविन्द केसीको जीवन रक्षाको वातावरण नभएम्म संसद चल्न नदिने बताए ।

सरकारले लोकतान्त्रिक प्रक्रिया मिचेर जबरजस्ती अघि बढेको बताउँदै सांसद रिजालले वार्ताबाट समाधान नभएसम्म बैठक चल्न नदिने उल्लेख गरे । त्यसपछि कांग्रेस सांसदहरुले उभिएर बैठक अवरुद्ध गरे ।

कांग्रेस सांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले माघ २० गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा ४ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

२०७५ माघ १७,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको