एमसिसि सम्झौता बिरुद्द कालिकोटमा विप्लव नेकपाको खुला जनसभा


पुस १४, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसिसि सम्झौता बिरुद्द जनसभा गरेको छ ।

जनसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी कालिकोटका सेक्रेटरी रणदिपले एमसिसि सम्झौता ईण्डो-प्यासिफिक रणनितीकै एक अंग भएको दाबी गरे । उनले नेपालमा अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको रूपमा एमसिसि परियोजना भित्राउन खोजिएको टिप्पणी गरे ।

गाविस ईन्चार्ज पदम बमको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले अमरिकी हस्तक्षेपका बिरुद्द उठ्न अाम कालिकोटवासी जनसमुदायलाई अपिल गर्दै देशभक्त, बामपन्थी, प्रगतिशिल शक्ति सबै एक ठाउँमा आएर बिदेशी शक्तिहरुको दादागिरी बिरुद्द लड्नु बाहेक अर्को बिकल्प नरहेको धारणा राखे ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारले राष्ट्रवादी गीत नृत्य प्रस्तुत गरेको थियो ।

१४ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको