अब को आउलान् भारतीय राजदूत ?


पुस १४, काठमाडौँ । नेपालमा भारतले पठाउने राजदूत अझै तय भएको छैन ।

विदेशसचिव हर्षवद्र्धन श्रींगला दिल्ली फर्केपछि भारतले अमेरिकाका लागि राजदूत तय गरेपछि मात्रै नेपालको तय हुने जानकारहरू बताउँछन् ।

भारतीय विदेश मन्त्रालयसँग समन्वय गर्दै आएको रक्षा मन्त्रालय सम्बद्ध थिंकट्यांक संस्था आइडिएसएका नेपाल मामिलाविज्ञ डा. निहार नायक भन्छन्, ‘विदेशसचिवले अमेरिका पठाउने राजदूत तय गर्छन् । साउथ ब्लकमा आफ्नो टिम व्यवस्थापन गर्छन् । त्यसपछि मात्रै नेपाल पठाउने राजदूत तय होला ।’

राजदूतका रूपमा मालदिभ्सका पूर्वराजदूत अखिलेश मिश्र, सिंगापुरका लागि वर्तमान राजदूत जाभेद अख्तर, प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव गोपाल बागले, साउथ ब्लकमा आर्थिक मामिला हेर्ने सचिव टिएस तिरुमूर्तिलगायतको नाम चर्चामा छ । नयाँ पत्रिकामा खबर छ ।

१४ पुष २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको