भारतीय हस्तक्षेप विरुद्ध नेकपाले गर्यो एकहप्ते संघर्षका कार्यक्रम घोषणा [विज्ञप्ति]


मङ्सिर १४, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय हस्तक्षेप बिरुद्ध एकहप्ते संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय हस्तक्षेप विरुद्ध संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
नेकपाले मङ्सिर १५ गते देखी २६ गतेसम्मका एकहप्ते कार्यक्रमहरु सार्वजनिक गरेको छ । भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गरेको नेकपाले शनीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्षका कार्यक्रमहरु अन्तर्गत जुलुस प्रदर्शन, अन्तरक्रिया, सिमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दुतावास अगाडी प्रदर्शन, ज्ञापन पत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेकाछन् । नेकपाले बर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको बताएको छ ।

देशको माटो रक्षार्थ उठेको आक्रोस, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरु कुनै तरिकाले पराजित नहुने कुरा नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुस

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको