कञ्चनपुर पुनर्वासमा नेकपा विजयी


मङ्सिर १४, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।

वडाध्यक्षमा जित निकाल्दै उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।

तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।

नेकपाले जोगायो, कांग्रेसले बढायो

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा यसअघि पनि नेकपाले नै जितेको थियो । नेकपाका वडाध्यक्ष फैरु तामाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

गत ०७४ को चुनावमा तत्कालीन एमालेका फैरु तामाङले ४५४ र माओवादीका आइतबहादुर तामाङले १८७ गरी नेकपाको पक्षमा कुल मत ६४१ खसेको थियो । यसपालिको उपचुनावमा नेकपाका तामाङ ५२८ मत पाएर विजयी बनेका छन् ।

अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ । यहाँ बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको