दाङमा ६६ प्रतिशत मतदान, मतगणना केहीबेरमा


मंसिर १४, दाङ । दाङमा शनिबार भएको उपनिर्वाचन सकिएको छ ।

दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा प्रदेशसभा सदस्य पदका लागि र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

कुल मतदाता संख्या ७३ हजार १ सय ७२ रहेकामध्ये ४८ हजार ९ सय ४४ मत खसेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ६६.८९५ प्रतिशत मत खसेको जानकारी दिए । प्रदेशसभा ३(२) मा जम्मा मतदाता संख्या ६८ हजार ७ सय १९ रहेकोमा मतदान जम्मा ४५ हजार ७ सय १८ मात्रै भएको छ ।

त्यसैगरी, घोराही उप–महानगरपालिका वडा नं. १६ को निर्वाचन कुल मतदाता संख्या ४ हजार ४ सय ५३ रहेकोमा ३ हजार २ सय २६ मत खसेको छ। यसैबीच घोराही वडा नं. १६ को मतगणना भने केहीबेरमै सुरू गर्ने तयारी गरिएको छ ।

प्रदेशसभा सदस्य पदको मत गणना भने आइतबार बिहानदेखि मात्रै हुने भएको छ । मतपेटी ल्याउन राति अवेर हुन भएको हुँदा आइतबार बिहानमात्रै मतगणना हुन सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए ।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको