कास्कीमा ६५ प्रतिशत मत खस्यो, मतगणना आजै रातिबाट हुने


मंसिर १४, पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा ब’म बि’स्फोट समेत भएको थियो ।

मतदाता त्रसित बनाउने गरि बम बिस्फोटका घटना घटे पनि शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मत गणना पनि आजैदेखि सुरु गरिने भएको छ ।

जिल्ला समन्वय समितिको भवनमा १० बजेदेखि मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मत गणनाअघि ९ बजे सर्वदलीय बैठक बस्नेछ । ७ बजेसम्ममा मतदान केन्द्रबाट मतपेटिका जिल्ला समन्वय समितीको भवनमा ल्याउने छ ।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको