मङ्सिर १४, रोल्पा । उपनिर्वाचनको लागि थवाङ्गमा अहिले मतदान भैईरहेको छ । बिहान सात बजे देखि सुरु भएको मतदान २ बजे सम्म १९० मत मात्रै खसेको छ । सबै १२ सय ८८ मतदाता रहेको वडा १ मा निकै न्यून मत खसिरहेको छ ।
यो पालिको उपनिर्वाचनमा थवाङ्गका बहुमत जनताले मतदान बहिस्कार गर्ने देखिन्छ । मतदान समय ५ बजेसम्म रहेको छ ।
अहिलेको मतदान रफ्तारलाई हेर्दा बढीमा अढाई सय मत खस्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस