कस्तो छ थवाङ्गमा चुनावी माहोल ? अहिलेसम्म ५९ वटा भोट खस्यो !


मङ्सिर १४, रोल्पा । चुनाव ताका संधै चर्चामा रहने थवाङ्ग यसपाली पनि चर्चामा रह्यो । चुनाव हुन्छ वा हुँदैन भन्ने दोधारको बीच थवाङ्गमा आज बिहान सात बजे देखि मतदान सुरु भएको छ । बिगतको जस्तो चुनावी माहोल भने बन्न सकेको छैन ।

बिहान सात बजे देखि मतदान सुरु भएको थवाङ्गमा करिव ११ बजेर ३४ मिनेट जाँदासम्म मात्रै ५९ वटा भोट खसेको छ । तिब्रतामा मतदान नभए पनि चिसोको कारण बिस्तारै भोट खस्ने अनुमान गरिएको छ । तर सबै अढाई सयको हाराहारीमा भोट खस्ने अनुमान गरिएको छ ।

आपसी मतभेदका कारण कम्युनिष्टहरुको भोट कांग्रेसलाई जान सक्ने अनुमान पनि गरिएको छ । मतदान केन्द्र स्रोत अनुसार नेपाल कम्युनिष्ट पार्टीले अपेक्षा गरे जस्तो भोट नपाउने शंका उब्जिएको छ ।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको