मंसिर १४, काठमाडौं । कास्की -२ मा भइराखेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।
शनिबार अरू मतदाताहरूसँगै लाइन बसेर भट्टराईले मतदान गरेकी हुन् । मतदानका लागि भट्टराई पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालय पुगेकी थिइन् ।
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने मतदान गर्न पाएनन् । उनी निर्वाचन हुने क्षेत्र कास्की २ का मतदाता होइनन्। समाजवादी पार्टी नेपालका धर्मराज गुरूङले पोखरा १६ र साझा पार्टीकी रजनी केसीले पोखरा ४ गैरापाटनबाट मतदान गरेका छन्।
कास्की २ मा २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित नेकपा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि निर्वाचन भइरहेको हो।
प्रतिक्रिया दिनुहोस