दाङमा उपनिर्वाचन: नेकपा र कांग्रेस उम्मेदवारले गरे मतदान


मंसिर १४, दाङ । उपनिर्वाचनका उम्मेदवारहरुले सबैभन्दा पहिले मतदान गरेका छन्।

तस्बिर: अन्नपूर्ण

नेपाली कँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यले विहान ७ बजेतिर दंगिशरण गाउँपालिका वडा नं. ५ सरौलास्थित लक्ष्मी नारायण प्रावि सरौला मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उक्त मतदान केन्द्रमा आचार्यले सबैभन्दा पहिला मतदान गरेका हुन्। त्यस्तै नेकपाकी प्रदेशसभा सदस्य पदकी उम्मेदवार विमला वलीले पनि दंगिशरण गाउँपालिका वडा नं. ६ स्थित मावि श्रीगाउँ मतदान केन्द्रमा पहिला मतदान गरिन्।

वलीका श्रीमान उत्तरकुमार वलीको गत साल माघमा भएको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा शनिबार उपनिर्वाचन भएको हो।

मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।

कति छन् मत दाता ?

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३(२)मा पुनः उपनिर्वाचन हुन लागेको हो।

दाङकै घोराही उपमहानगरपालिका वडा नं. १६ मा पनि वडा अध्यक्ष लक्षिण बुढा मगरको रोगका कारण मृत्यु भएपछि त्यहाँपनि नयाँ वडाअध्यक्ष चुन्नको लागि शनिवार मतदान हुँदै छ। त्यसको लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्दै छन्।

प्रदेशसभा सदस्य चुन्नको लागि ६८ हजार ७ सय १९ जनाले मताधिकार पाएका छन् भने घोराही १६को वडा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जनाले मतदान गर्नेछन्।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले सुरक्षाको अति नै राम्रो प्रवन्ध गरिएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन्।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको