रवि लामि’छानेविरुद्ध पर्यो जिल्ला अदालतमा उजुरी


भदौ १३, काठमाडौँ । अदालतको मानहानि गरेको आरोपमा ‘सिधाकुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामि’छानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ ।

रविसँगै न्यूज २४ र निलम्बित प्रहरी सहायक उपरीक्षक अंगुर जिसीका नाममा पनि उजुरी परेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

नि’र्मला पन्तको बला’त्कारपछि गरिएको ह’त्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्बित डिएसपी अंगुर जिसीलाई निर्दोष सावित गर्ने हेतुले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममार्फत रविले निलम्बित जिसीको अन्तर्वार्ता गरेकाे र अदालतले निर्दोष सावित गरेका कञ्चनपुरका दिलि’पसिंह विष्टलाई रवीले दोषी किटान गरी अदालतको मानहानी हुने काम गरेको आरोपमा खड्क विष्टले उजुरी दिएका हुन्। खड्ग विष्ट दि’लिप विष्टका दाजु हुन् ।

मुद्दा चलिरहेकै अवस्थामा ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डिएसपी जिसीको अन्तर्वार्ता लगेर अदालतको मानहानी भएको भन्ने आरोपमा जाहेरी परेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

‘सिधा कुरा जनता’सँग कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले नि’र्मला पन्तको बला’त्कारपछि ह’त्यामा शत प्रतिशत दोषि दिलि’पसिंह विष्ट नै भएको ठोकुवा गरेका थिए ।

रविले समेत दि’लिपलाई बला’त्कारी भएको भन्दै अपमानित शब्द प्रयोग गरेको उजुरी पत्रमा उल्लेख छ ।

१३ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको