पत्रकार महर्जन सर्बोच्च अदालतबाट रिहा


बैशाख १७, काठमाडौ । न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक तथा जनपत्रकार संगठन, नेपाल काठमाडौँका संयोजक जितेन्द्र महर्जन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन् ।

पत्रकार महर्जन २२ दिनको हिरासत बसाईपछि मंगलबार सर्बोच्च अदालतको आदेशमा रिहा भएका हुन् । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो ।

महर्जन २०७५ साल चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै पक्राउ परेका थिए ।

नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन, नेपाल लगायत विभिन्न संघ संगठन तथा मानवअधिकारसँग सम्बन्धित संस्थाहरुले महर्जनको गिरफ्तारीको बिरोध गर्दै आएका थिए ।

नेपाल पत्रकार महासंघले महासघंको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर भएको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७६ बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको थियो । दोस्रोपटकको गिरफ्तारीका क्रममा अदालतको गेटमा महर्जनमाथि अमानवीय ब्यावहार देखाउदै प्रहरीले धरपकडसमेत गरेको थियो ।

पत्रकार महर्जनको रिहाइको माग गर्दै महासंघको तर्फबाट पुनः सर्बोच्च अदालतमा रिट परेको थियो । दोस्रोपटकको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको सयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।

यस्तै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पत्रकार महर्जनको रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ तथा विभिन्न संघ संगठनहरु लगायत सबै पक्षलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष डुम्रेले भने- ‘वैचारिक आस्थाकै कारण पत्रकारलाई गिरफ्तार गर्दै हत्कडी लगाउने गलत प्रवृति हावी भएकाले सरकार निरङ्कुसतातर्फ उन्मुख भएको छ ।, प्रेसको घाटि निचोरेर सरकारले विकास र समृद्धिको सपना बाढ्नुको कुनै तुक पनि छैन ।’, सविधानले स्पष्ट रुपमा प्रदत्त गरेको अधिकारसमेत राज्य पक्षबाट गम्भीर ढंगले उल्लङ्घन भएको उनको भनाइ छ ।

१७ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको