चैत १६, विराटनगर । मुख्यमन्त्री शेरधन राईले चालु अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको बिषयको टुंगो लाग्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राइले भने’चालु अधिवेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउनेछ । त्यसलगतै प्रदेश सरकार बजेट अधिवेशनका जुट्ने छ ।’
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाउन प्रदेश सरकारले काम गरिरहेको उनले दाबी छ । उनले आगामी भदौ अगावै प्रदेशमा सूचनाको हकसम्बन्धी कानून पनि निर्माण गरिने जानकारी दिए । कानुन बनेसंगै प्रदेशमा प्रदेश सूचना आयोग गठन गर्ने उनको भनाइ थियो ।
सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसम्बन्धी कानुन बनाउन प्रदेश एक पहिलो हुनुपर्ने बताए ।
कार्यक्रममा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउले र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७५ बाट विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिएको छ । पुरस्कारको राशी क्रमशः ५१ हजार र ११ हजार छ ।
प्रतिक्रिया दिनुहोस