प्रहरीले काँग्रेस कार्यकर्ताको घरमा छापा मारेपछि दियो कडा चेतावनी


कृष्ण गैरे/चैत १६, कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको शिवराज नगरपालीका वडा ९ शिवगढीमा प्रहरीले आफ्ना कार्यकर्ताको घरमा छापा मारेको वताएको छ ।

फाइल तस्बिर 

नेपाली काग्रेसका वडा सभापति हरि श्रेष्ठ, पुर्व क्षेत्रीय सभापति तथा वडा अध्यक्षका उम्मेदवार गने गिरी, वडा सचिव पर्सु जि.सी, सदस्यहरु टंक बहादुर पौडेल, रमेश बुढा मगर, टेक बहादुर भण्डारी, तिरु गुरुङ् र विक्रम शाहको घरमा प्रहरीले पक्राउपुर्जी विना नै छापा मारको काँग्रेस शिवराज नगर कार्यसमितिले विज्ञप्ती मार्फत जनाएको छ ।

अनाहकमा आफना कार्यकर्तामाथि प्रहरीले गरेको ज्यादती पुर्ण व्यवहारको काँग्रेसले खेद प्रकट गरेको वताएको छ । विहान ४ वजे अनाहकमा पार्टिका नेता कार्यकर्ताको घरमा छापा मार्ने काम भएको छ । घर खानतलासी गर्दै डरधम्की दिनु, अभ्रद व्यवहार गर्नु भनेको सरकारले वहुमतको आडमा तानसाही प्रवृती भएको नगरसभापति मधुसुदन पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनीएको छ ।

आगामी दिनमा यस्ता अमानवीय व्यवहार नगर्न काँग्रेसले चेतावनी समेत दिएको छ । प्रहरीले केही दिन यता विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि विप्लवको गाउँ शिवगढीमा छापा मार्दे आएको छ । शनिबार विहान काँग्रेस कार्यकर्ताको घरमा प्रहरीले छापा मारेपछि काँग्रेस असन्तुष्ट वनेको हो ।

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको