चैत १६, स्याङ्जा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् ।
मोटरसाइकलमा हिन्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका-१३ स्थित छहरीखोलामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
कास्कीकाे पोखरा महानगरपालिका-२७ घर भई हाल स्याङ्जा रहदैँ आएकाचन्द समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल पराजुली पक्राउ परेका हुन्। एसपी लम्सालका अनुसारचन्द समूहको मजदुर महासंघका अध्यक्ष बताउने रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ का २९ वर्षीय जीवन भनिने गोविन्द ओली पक्राउ परेका हुन्।
दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाटतीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नवीनकृष्ण भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस