नवलपरासीका एक युवक मलेसियामै अस्ताए


चैत्र १६, मलेसिया । मलेसियामा एक नेपाली युवकको मृत्यु भएको छ ।

नवलपरासी प्रगतिनगर ४ घर भएका दिपक खरालको हृदयघातका कारण मृत्यु भएको हो । अवैधानिक भएर मलेसियाको राजधानी क्वालालम्पुर स्थित प्लटिनुम स्विट्स होटेलमा काम गर्दै आएका थिए ।

२६ बर्षिय खराललाई शुक्रबार डिउटीमा काम गर्दागर्दै हृदयघात भएको सोही होटेलमा सिक्युरिटी काम गर्ने इन्द्र राईले जानकारी दिएका छन । अहिले मृतकको शव पोस्टमार्टमको लागि क्वालालम्पुर स्थित जनरल हस्पिटलमा लगिएको जानकारी प्राप्त भएको छ ।

मृतकको परिवारसंग सम्पर्क गरि शव नेपाल फर्काउन आवश्यक प्रक्रिया बारेमा नेपाली राजदुतावास मलेसियालाई जानकारी गराइएको इन्द्र राईले जानकारी दिएका छन ।

शनिबार र आइतबार नेपाली राजदुततावास बन्द रहने भएको हुँदा थप आवश्यक पहल गर्न नसकिएको राईको भनाइ छ ।

-समर्पण भट्टराईको सहयोगमा 

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको