लगानी सम्मेलनमा आयोजकले दिएको उपहार उद्योगमन्त्रीले किन लिएनन् ?


चैत १६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

शुक्रबारदेखि सुरु भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत गरिरहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।

आयोजकका तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, मन्त्री यादवले उपहार नलिने भन्दै आसनबाट उठ्न चाहेनन् ।

उपहार लिन अस्वीकार गरेपछि आयोजकका तर्फबाट उपहार लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट मन्त्रीको आसननजिकै पुगेर आग्रह गरे पनि उनले लिन मानेनन् ।

सो सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यु पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सु गाङ वक्ताका रूपमा सहभागी थिए ।

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको