चैत्र १६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको ६४औँ स्थापना दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै स्थापना दिवसको अवसरमा सबै अग्रज एवम् अाम सञ्चारकर्मीलाई बधाई एवम् शुभकामना दिएको छ ।
संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा महासंघको स्थापना दिवसको अवसरमा यस अगाडि समग्र महासंघको विकासमा भुमिका खेल्ने सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दै महासंघलाई सबैको साझा बनाउन जोडदार माग गरेको छ ।
पछिल्लो समय राज्य पक्षबाट समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न बहानामा अङकुस लगाउने प्रयत्न भईरहेको बेला महासंघले ठोस कदम चाल्न जरुरी रहेको समेत संगठनले बताएको छ ।
‘नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे रक्षा, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघले खेल्दै अाएकाे भूमिका अाम पत्रकारका लागि गर्वकाे विषय हाे । नेपालकाे राजनीतिक उथलपुथलसंगै विभिन्न अाराेह अवराेह पार गर्दै महासंघ पनि याे अवस्थामा अाईपुगेकाे छ । याे क्षणमा महासंघलाई हार्दीक बधाई तथा शुभकामना ब्यक्त गर्दछाैं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघकाे स्थापना दिवसकाे अवसरमा शुभकामना संगठनले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै ।
प्रेस विज्ञप्ति
नेपाली पत्रकारहरकाे साझा संस्था नेपाल पत्रकार महासंघ यही २०७५ चैत १६ गते अाज अाफ्नाे स्थापनाकाे ६४ अाैं बर्षमा प्रवेश गरेकाे छ । यस अवसरमा महासंघका सबै अग्रज एवम सदस्यसहित सबै पत्रकारहरूमा हाम्राे संगठनकाे तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाैं ।
नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे रक्षा, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघले खेल्दै अाएकाे भूमिका अाम पत्रकारका लागि गर्वकाे विषय हाे । नेपालकाे राजनीतिक उथलपुथलसंगै विभिन्न अाराेह अवराेह पार गर्दै महासंघ पनि याे अवस्थामा अाईपुगेकाे छ । याे क्षणमा महासंघलाई हार्दीक बधाई तथा शुभकामना ब्यक्त गर्दछाैं ।
मुलुक लाेकतान्त्रिक गणतन्त्रमा छ तर अहिलेपनि गणतान्त्रिक शासन ब्यवस्थाकाे महसुस हुन सकेकाे छैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न स्वयं गणतान्त्रिक सरकार उद्तछ भने विचार र अास्थाकै अाधारमा पत्रकारमाथि धरपकड हुने क्रम बढेकाे छ । यसले नेपाली पत्रकारीता जगत र महासंघकाे अगाडि पनि यो चुनाैति थपिएकाे छ ।
श्रमजीवि पत्रकारका समस्याहरू अहिले पनि उस्तै छन् । यस्ताे अवस्थामा स्थापना दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अाम श्रमजीवि पत्रकारकाे पक्षमा अझै सशक्त र दरिलाे बन्ने प्रेरणा मिलाेस् भन्ने अपेक्षा राख्दंछौं । साथै महासंघ लाई हामीले सधैं साझ बनाउने प्रयासमा छौँ होस भन्ने चाहान्छौ पनि र हाम्रो संगठन महासंघ संग सधैं सहकार्य पनि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
प्रकाश डुम्रे
अध्यक्ष
हिम बिष्ट
महासचिव
जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति
मिति : २०७५।१२।१५
प्रतिक्रिया दिनुहोस