प्राबिधिक विद्यार्थी परिषद् फोट्सले गर्यो सहिदगेटमा दीप प्रज्वलन (फोटोफिचर)


माघ १६, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शहीदको सम्झनामा बुधबार साँझ शहीद गेटमा दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषद्को आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष रामप्रसाद अधिकारीले पछिल्लो समय वास्तविक शहिदहरुको सम्मान हुन नसकेको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि महामन्त्री कुन्दनराज काफ्लेले ज्ञात अज्ञात शहिदहरुलाइ सम्झिदै बाम सरकारको दुई तिहाइको दम्भलाइ चिर्दै न्याय र समुन्नत समाज निर्माणका लागि आफूहरु सहिद बन्न पनि तयार रहेको बताए ।

कार्यक्रम अध्यक्ष सुबास घिमिरेको अध्यक्षतामा सहिद गेटमा सम्पन्न भएको थियो ।

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको