सल्यान बुराँसेको जनता माविले बार्षिक उत्सवमा सहिद परिवारलाई अभिनन्दन गर्याे


माघ १६, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका २ बुराँसेमा रहेको जनता माविले आफ्नो ३३ औँ बार्षिक उत्सव मनाएको छ ।

२०४२ सालमा स्थापना भएको उक्त विद्यालयले बार्षिक उत्सव कार्यक्रम हिजो उद्घाटन गरेर आज समापन गरिएको हो । बार्षिक उत्सव कार्यक्रममा सहिद स्मृती अक्षकोषका सहिद परिवारहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा प्रावि र निमावी तहको हाजिरजवाफ प्रतियोगीता,मावि तहको वक्तीत्व कला, पुरुष अभिवावकहरुको लागी घैटोफोर, महिला अविभावको लागी परिश्रमको खेल भएका थिए ।

कक्षा १० सम्म सन्चलन भएको सो विद्यालयमा अहिले ४ सय भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गर्दछन् ।

छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम खड्काको प्रमुख आथित्यता रहेको कार्यक्रममा गाउँ शिक्षा शाखाका कासिराज अधिकारीको पनि सहभागीता रहेको थियो । विद्यालयका प्रधानध्यापक लालसिङ ओलीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विव्यस अध्यक्ष चित्र बहादुर केसीको सभाअध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भोला वलीले राखेका थिए भने संचालन शिक्षक भुपेन्द्र ओलीले गरेका थिए ।

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको