भारी हिमपातमा पनि निस्फिक्री पठनपाठन


कर्मसही घर्ती मगर/माघ १६, रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १ मैकोटको पुथा हिमालय माविमा हिमपात भए पनि विद्यार्थीहरू निर्वाध रूपमा विद्यालय जाँदैछन् । केही दिन अघिको भारी हिमपातले विद्यार्थीलाई विद्यालय आउन खासै अप्ठेरो नभएको कुरा प्रधानाध्यापक हस्तीमान पुनले बताएका छन् । उनले भने – ‘भारी हिमपातमा विगतका वर्ष भन्दा यस वर्ष विद्यार्थीको भव्य उपस्थिति भएको छ ।

पोखरा स्थित ‘कर्म फलाइट्स फाउण्डेसन ” को कुसल सहजीकरणमा विभिन्न विदेशी दाताहरूद्वारा ४४० जना विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण भए पश्चात् करिब २५०० मीटर उचाईँको यो विद्यालयमा पनि हाम्रा विद्यार्थीलाई आउन र पठनपाठन गर्न कुनै गाह्राे भएको छैन । ” प्रधानाध्यापक पुनले थपे -‘यस्तो जाडो याममा ‘कर्म फलाइट्स” ले विद्यालय र विद्यार्थीको लागि निकै तारिफयोग्य काम गरेको छ । यसको लागि संस्था र यसका डाइरेक्टर प्रेम बहादुर कुँवर धन्यवादका पात्र छन् ।

विद्यालयमा कर्म फलाइट्सको लोगो अंकित न्यानो ज्याकेट लाएका अधिकांश विद्यार्थीहरू निकै खुशी देखिन्थे । विद्यार्थी सुवासना घर्तीले न्यानो ज्याकेट नभएको भए विद्यालय आउन कठिन हुने कुरा बताइन् ।

यसै गरि पुथा हिमालय जस्तो विकट ठाउँमा अवस्थित विद्यालयका सबै विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गर्न पाएकोमा आफुलाई निकै गर्व लागेको कुरा कर्म फलाइट्सका निर्देशक प्रेम बहादुर कुँवरले बताएका छन् । उनले भने -‘सही याममा सही ठाउँमा रुकुम पूर्व जस्तो हिमाली जिल्लामा आफ्नो संस्थाले न्यानो ज्याकेट वितरण गर्न पाउँदा र त्यहाँका गरीब तथा विपन्न परिवारका विद्यार्थीहरू निस्फिक्री विद्यालय जान सकेको कुराले साह्रै उत्साहित भएका छाैँ । हाम्रो संस्थाले चाहेको यही हो ।”

स्मरण रहोस् गत पुस १६ गते पुथा हिमालय माविमा कर्म फलाइट्स मार्फत न्यानो ज्याकेट वितरण गरिएको थियो ।

लगत्तै आगामी जेठ १६ गते दोस्रो वर्षको लागि पुन: २५ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा कर्म फलाइट्सका निर्देशक प्रेम बहादुर कुँवरले जानकारी गराएका छन् । यी गरीब तथा जेहेन्दार विद्यार्थीलाई पोहोर साल पहिलो वर्षको रूपमा छात्रवृत्ति प्रदान गरिएको थियो ।

१६ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको