सरु सुनारको आग्रह: फेसबुकमा स्वार्थी पुरुषको फन्दामापरि आफ्नो ‘इज्जत लिलाम नगर्नु’


चर्चित संचारकर्मी तथा महिला अधिकारकर्मी सरु सुनारले फेसबुकमा स्वार्थि पुरुषको फन्दामा परेर आफ्नो इज्जत लिलामी नगर्न आग्रह गरेकी छन् । सामाजिक संजाल फेसबुक, इमो, ह्वाट्सएप, टुइटर जस्ता उपकरणहरुको गलत प्रयोगका कारण देश बिदेशमा बस्ने महिलाहरु बल्याकमेलिङ्ग हुने समस्याहरु दिनप्रतिदिन बढ्न थालेपछि महिला दिदीबहिनीहरु स्वयम् सजग रहन आग्रह गरेकी हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलशिलामा बिदेशमा रहेका महिला दिदीबहिनीहरु सामाजिक संजाल फेसबुकबाट फ्रेन्डसिप भएर केटा साथीहरु संग नजिक हुने र स्वार्थी केटाहरु बाटै बल्याकमेलिङ्गको शिकार भैरहेको बताएकी छिन ।

स्वार्थी र लोभी पापी केटाहरुको विस्वासमा परि नजिकिदा उनीहरुले नाजायज फाइदा उठाई केटीहरुको फोटो, भिडियोहरु फेकआइडी तथा युबटुबमा अपलोड गरि बल्याकमेल गरेका घटनाहरु आफुलाई दिनदिनै आउने गरेको बताउदै यस्ता घटनाहरुबाट सजग रहन अनुरोध गरेकी छन् ।

महिलाहरुलाइ बल्याकमेल गर्न बनाइएका दर्जनौ फेक आइडीहरु बन्द गराइसकेकी सरु सुनारले बल्याकमेलिङ्ग गर्ने केटालाई लाइभमै ल्याएर पनि सातो लिने गरेकी छन् । परपुरुषको फन्दामा नपर्न आग्रह गर्दै सरु सुनारले संदेशमुलक भनाइ राखेकी छन् ।

हेर्नुहोस सरु सुनारको संदेशमुलक भनाइ

महिला दिदीबहिनीहरु !

फेसबुकबाट चिनेकै भरमा आफ्नो होस् नगुमाउनुहोस । न त्यो केटाको वास्तविक परिचय थाहा छ, न प्रत्यक्ष भेटेको छ । केटा हुन्छ मलेसिया, साउदी तिर अनि महिला हुन्छिन कुबेत, नेपाल तिर ।

फेसबुकमा ब्युटी प्लस स्मार्ट फोनको क्यामेराले खिचेको फोटोको भरमा इमो, म्यासेन्जर, भाइबर, ह्वाट्सएपमा अबैधानिक प्रेम गरेर फेसबुकबाटै बिबाह गर्न बाचा कसम खाने, उस्तै परे फेसबुकमै बिबाह समेत गर्ने, त्यसपछि महिला दिदिबहिनीहरु भिडियो च्याटिंगमा आफू सर्बाङ्ग नाङ्गिने, आफ्नो अस्मिता र इज्जतको ख्यालै नगरी मोज गर्ने र जुन अश्लिल कार्य केटाले भिडियो रेकर्ड गरि फेकआइडी, युटुबमा अस्लिल हर्कत अपलोड गर्छन ।

अनि तपाईंका नेपालमा दाजुभाइ, लोग्नेसबैलाइ उक्त भिडियो पुग्छ र रुँदै समस्या समाधान गराई दिन सम्पर्क गर्नु हुन्छ ।

तपाईले परपुरुष संग अनलाइन मार्फत क्षणिक मस्ती गरेर जिन्दगी भरि कहिलै नमेटिने पिडा बोक्नु हुन्छ । हामीलाई थाहा छ, यो समाजले त्यसै पनि महिलाहरुलाइ दासी बनाएको छ । त्यसमाथि हाम्रा नाजायज हर्कतले झनै शिर झुक्याएको छ ।

पिलिज, म आफै बिरामी छु । तपाइका यस्ता घिन लाग्दा हर्कत सहितका फोटो हेर्न म सक्दिन । अलिकति लाज सरम मान्नुस । दिदिबहिनीहरु बिदेश पस्नु घरायसी बाध्याताले हो तर आफ्नो सबै इज्जत यसरी नचिनेको केटासंग लिलाम नगर्नुस् ।

धेरै असल, इमान्दार दिदिबहिनीहरु पनि देश-बिदेशमा हुनुहुन्छ । केही दिदिबहिनीका यस्ता हर्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ । फेसबुकबाट चिनेकै भरमा ईन्टरनेटबाट आफ्नो इज्जत लिलाम नगर्नुस् । महिला दिदीबहिनीहरु कमसेकम आफ्ना बुवाआमा दाजुभाइ, लोग्ने, छोराछोरीको लागि त सोच्नुस ? आफ्नै आमाको अस्लिल हर्कत एउटा छोरीले कसरि हेर्न सक्छिन ?

कुबेतबाट दुई महिलाले म संग गुहार मागिरहेका छन् । उनिहरु दुबै बिवाहित छन् र लोग्ने नेपाल छन् । माया जालमापरि सबै खाले नग्न फोटाहरु पठाएर, स्वार्थी पुरुषले अहिले तिनै फोटाहरुबाट फेक आइडी बनाएर मुख देखाउन नहुने बनाएका छन् ।

त्यस्तै अर्को महिला नेपाल छिन । उनी पनि बिवाहित हुन् । ३ छोराछोरी छ्न । केटा बिदेश छ र लोग्ने पनि बिदेशमा छ्न । यस्तै समस्या उनीहरु माथि आइपरेको छ । अहिले केटाले उनका फोटा र आइडी बनाइ ब्यालेकमेल गरेको छ । यस्ता समस्याहरु दिनप्रति दिन आइरहेका छन् ।

हिजो मात्र ३ ओटा यस्ता केशहरु आएका छन् ।

धन्यवाद -सरु सुनार ।

लेखिका महिला तथा दलित अधिकारकर्मी साथै संचारकर्मी हुन् ।

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको