काभ्रेमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सानदार बन्दै


माघ १६, काभ्रे । नेपाल कम्युनिस्ट पार्टीे केन्द्रीय समितिको आयोजनामा गरिएको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान काभ्रेमा सानदार तरिकाले अघि बढिरहेको छ ।

अभियान टोली पोखरीचौँरी गाउँपालिका हुँदै मादनकुँडारी, कात्तिके देउराली क्षेत्रमा पुग्दा एक दर्जनभन्दा बढी सङ्गठन निर्माण भएका छन् ।

अभियान टोलीसँग स्थानीय जनताको स्थानीय सरकारले बढाएको करलगायत विषयमा गुनासो गरेका थिए । ढाड सेक्ने गरी महँगीे बढाइएको भन्दै जनताले पञ्चायती शासनलाई नै माथ गर्ने गरी स्थानीय सरकारले कर बढाएको बताएका छन् ।

गाउँबस्तीहरूमा अभियान टोली पुग्दा जनतामा अर्कै खालको खुसी छाएको र परिवर्तनविरोधी भ्रष्ट, दलाल, सुदखोरहरू तिल्मिलाउन थालेको अभियानमा सहभागी अभियान टोलीका सदस्यहरूले बताउने गरेका छन् ।

नेकपाको केन्द्रीय टोलीसहित काभ्रे जिल्ला पार्टीको सहभगितामा २५ जनाको अभियान टोली उक्त गाउँमा परिचालित भएर जनतासँग राजनीतिक छलफल र भेटघाट भएको जानकारी पार्टी केन्द्रीय सदस्य रवि अधिकारीले दिएका छन् ।

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको