मलेसियाको डब्लूआरपी कम्पनीका आन्दोलित नेपाली श्रमिकहरुले तलब पाउने भएपछि काममा फर्किए


समर्पण भट्टराई/माघ १६, मलेसिया । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिकले हड्ताल स्थगित गरेका छन् । बिगत तीन महिनादेखि तलब नपाएपछि गत सोमबारबाट हड्तालमा उत्रिएका कामदारलाइ कम्पनीले तलब दिने सम्झौता भएपछी हड्ताल स्थगित गरेका हुन् । कम्पनी र मजदुर बीच मंगलबार अपराहन्न सम्झौता भएको थियो ।

डब्लूआरपी ग्लोभ कम्पनी र मजदुर बीच बिगत तीन महिना देखिको तलब भुक्तानी गर्ने सहमति भएको छ । कम्पनीले भुक्तानि गर्न बाँकी तलब तीन चरणमा दिनेगरि सहमति जुटेको छ । नोवेम्बर २०१८ को तलब यहि महिना (जनवरी) भित्र दिने, डिसेम्बर २०१८ को तलब आगामी १५ फेब्रुअरी भित्र दिने र २०१९ जनवरीको तलब २८ फेब्रुअरी २०१९ भित्र भुक्तानगरि सक्ने कम्पनि संग सम्झौता भएको छ ।

आगामी फेब्रुअरी देखिको तलब नियमित अर्थात मलेशियाको सरकारी नियम अनुसार भुक्तानी गर्दै जाने कम्पनिले प्रतिबद्धता गर्दै मजदुरलाई पुन: नियमित डिउटी सुचारु गर्न अपिल गरिएको नेपाली राजदुतावास मलेशियाले बताएको छ ।

मजदुरहरु हड्तालमा उत्रिए पछि जनप्रगतिशिल मोर्चा मलेशियाका पुर्व महासचिव अर्जुन सुवेदीको विशेष पहलमा श्रमिक र दूतावासबिच समन्वयको भूमिका खेलेका थिए । उनको समन्वयपछि मलेशियाबाट श्रम सहचारी सनमाय रम्तेलको नेतृत्वमा दुतावासको टोलि मजदुर क्याम्पमा पुगेको थियो ।कम्पनि र मजदुर बीच सहमति जुटाउने भूमिका नेपाली दुतावासले खेलेको थियो ।

कम्पनीसंग सम्झौता भए लगतै कामदारहरु ड्युटीमा जोडिएका छन् । डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ। उत्पादित ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ ।

तलव पाउने समय तालिका:

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको