‘सकारात्मक समाज बनाउ’


सन्तोष अर्याल । एउटा काँडाको झाडी काटेर बाटो बनाउन लाग्दा, त्यो हेर फलानो बौलाएछ भनि चिया पसलमा व्यङ्गय गर्ने समाज र बुद्दिजिबि समुदाय त्यही पागलले बनाएको बाटो हिड्छ र पनि हिजो उसलाई पागल भनेकोमा कहिल्यै हिनताबोध गर्देन । किनकी हाम्रो समाज यति सम्म नकरात्मक भैसक्यो कि राम्रो सोच्ने सबै हासोको पात्र बन्छौं ।

समाज विकास सगैं राणा शासन, प्रजातन्त्र, पन्चायत, बहुदलिय व्यवस्था, १२ वर्षे शसश्त्र युद्द, ६२–६३ को आन्दोलन, संविधानसभाको चुनाव, संविधानसभा विघटन, पुन चुनाव हुदैं संविधान जारी भएको अवस्थामा आइसक्दा धेरै समय गुमाइसक्यौ । हामी सगैं स्थापना भएका वायु सेवा निगम विश्वमा उत्कृष्ट बनिसके, बिजुलीको ‘बि’ थाहा नभएका देशहरु बिजुलीमा आत्मनिर्भर भैसके, हामीले विश्वविद्यालय खोल्दा विश्वविद्यालयको धारणा थाहा नभएको मुलुक उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने विश्वविद्यालय ठहरीसके । हामीले रेडियो सेवा सञ्चालन गर्दा रेडियो नदेखेको राष्ट्रको आनै स्याटलाइट भैसक्यो । ल भन्नु फेरी हामी किन पछाडी ?

कारण धेरै छन र धेरै सँग छ तर कस्तो कारण छ भने फलानो ले यो गरेन, फलानोले यस्तो गरेन, नेताहरुले यो गरेनन आदि इत्यादी । तर के यो सब बिच “म” कहा छु भन्ने कसैले विचार गरेको होला त ? न मैले न तपाइहरुले, कसैले विचार गरेनौं ।

सोच, खोज जस्ता कर्ण शाक्यका किताबहरु, बिनोद चौधरी, विजयकुमार आदिका कितावहरु धेरै बिके । यस्ता र यस्तै सकारात्मक सोच भएका किताव धेरै त बिके तर ती सब पढ र बिर्स मै सिमीत रहे ।

कुनैपनि कामलाई निरन्तरता नदिने, आफु माथि पर्दासम्म काम गर्ने आफुलाई अलिकति कम फाइदा भएमा तुरुन्त हात छाड्ने प्रवृतीका कारण धेरै मानिस सफलतामा पुग्न सकेनन् । सफलताको सिढी फटाफट देखिन्छ भन्ने छैन, त्यसको लागि गर्नुपर्ने कुनैपनि काम–कर्तव्य नगर्ने अधिकारको आन्दोलनमा सधै तेल थपिरहेपछि कँहाबाट मिल्छ खुसी र सफलता । हामीले यो पाएनौ, हामीलाई यो भएन भनिरहनेले मैले यसो गरे, मैले त्यसो गरे खै भन्न सकेको ।

कति सम्म बिडम्बना छ भने सत्ताको सधै सुखसयल भोगिरहेको मान्छे २–४ महिना सत्ता बाहिर बसेपछि, यो वा त्यो नाममा उसले समाज र सम्प्रदाय तताउँछ । अधिकारको लडाईको नाममा सोझा मान्छेलाई घाइते बनाइ मारेर उ सत्ताको स्वाद लिन चाहन्छ । यस्तो सबैले देख्छन भोग्छन तर बिडम्वना कोहि विरोध जनाउदैन । एकजनाको स्वार्थ पुर्तीमा सारा सम्प्रदाय आन्दोलनमा जान्छ, घाइते बन्छ, परिवारको सदस्य गुमाउछ, वार्ता समिती बन्छ, आन्दोलन सकिन्छ, उक्त समुदाय फेरी दुःख मै । उकास्ने मान्छे सत्तामा, हो यहि नियती छ हाम्रो समाजको ।

स्वार्थ पुर्ती हुनुपर्नेछ भने यो दल त्यो दल केहि हेरिदैन सबै मिलेर सर्वदलिय भनि हस्ताक्षर गरेर कुरा मिलाइन्छ । अनि जब कुरा मिल्दैन अनि आफु चोखो अरु फोहोर पानिमा चुम्लुङ्ग डुबेको भनि चोक–चोक, गल्ली–गल्लीमा भन्दै हिडिन्छ । अनि भन्नुस कसरी बन्छ देश ?

सबै दोष राजनैतिक दलको मात्र दोष देख्ने दिउसो भरि चिया पसल वा भट्टीमा बसेर राजनैतिक बिश्लेषण गर्ने एक समाज पनि छ यहाँ । जो स्वघोषित राजनैतिक बिश्लेषण बन्छ । हाम्रो देशलाई यो ठाँउमा पु¥याउने दोषी जति राजनैतिक व्यक्तिको जति त्यति नै दोष कर्मचारीतन्त्रको पनि छ । एक प्रसङ्गमा पुर्व सामान्य प्रशासनमन्त्रि लालुवावु पण्डितले भन्नु भएको थियो – सडक बनाउनका लागि बजेट पार्छ नेताले, सडक नाप्छ कर्मचारीले, बनाउँछ उपभोक्ता समिती वा ठेकदारले, निरीक्षण गर्छ कर्मचारीले र अन्तिममा रातो कलमले हस्ताक्षर गर्छ कर्मचारीले । २–४ हप्तामा सडक पिच उप्कन्छ अनि हामी भन्छौ हेर सडक उप्कियो यो नेताले कहिल्यै विकास गरेन, नेताले खाए । ए बाबा ल भन्नोस त्यहा कहा नेताको भुमिका रहन्छ ।

यो देश न नेताले बिगारे न कर्मचारीले बिगारे यो देश हामी जस्तै सर्वसाधारणले बिगारेको हो । हामी आफै उपभोत्ता रहेको सडक, खानेपानी, ढल आदि बन्दा चासो दिदैर्नौ । विकासलाई चियागफमा मात्र सिमीत राख्छौं । पुजामा मन्दिरको, मोटरमा सडकको, धारामा पानीको अनि मलामीमा मरणघाटको कुरा उठाएर जनता भएको प्रतिक मात्र दिने र दो¥याएर हामीले कहिल्यै त्यो कुराबारे सोचेनौ अनि भन्छौ विकास भएन । कर्तव्य र अधिकार दुइ पाटा भन्ने, अधिकारको बारेमा मात्र बहस गरि कर्तव्यको पालना नगर्ने प्रवृतीले बिगारेको हो हाम्रो समाज ।

आज सरकार प्रमुखको २ वर्षमा यो गर्छु, ५ वर्षमा यो गर्छु, यसो गर्छु, उसो गर्छु भनि भिजन आइरहदा हाम्रो समाजका तथाकथित बुद्दिजिबी भनिनेहरु प्रधानमन्त्रिका कुरालाई जोकका रुपमा लिईरहेका छन् । के हावाबाट बिजुली, घरघरमा ग्याँस पाइप, लोड सेटिङ अन्त्य, नेपालको आनै पानीजहाज, रेल आदि कुरा असम्भब नै हुन् त ? कुनै पाटीको सदस्य नभई मात्र नेपाली भएर सोचौ त ? त्यो असम्भब छैन तर पनि किन यति सारो आलोचना ?

फेरी पनि यो देश कुनै कर्मचरी वा नेताले बिगारेको हैन । हामी जस्तै सर्वसाधारण जो सबै कुरा सम्झने तर नबुझ्ने, अधिकारको लडाईमा सधै लडिरहने तर कर्तव्य के हो थाहा नपाएकोहरुले बिगारेका हौं । त्यसैले कम्तीमा सकारात्मक सोचौं, सकारात्मक बनौं । विकासका कुरामा अलि चनाखो बनौं । आएको विकास बजेटको सबै बजेट फ्रिजहुने समस्यालाई अन्त्य गरौं । सबै चनाखो भएर भिजनका साथ एकले अर्कोलाई सघाएमा नेपालको विकास गर्न कुनै अन्य ब्रमाण्ड वा ग्रहबाट कोही आउनुपर्ने छैन नेपाल स्वत विकास हुनेछ । अनि बन्नेछ आत्मनिर्भर नेपाल, विकसित नेपाल ।

(सन्तोष अर्याल/तार्केश्वर न. पा–८, काठमाडौ)

२०७५ माघ १६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको