रोल्पामा ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु


पुस १३, रोल्पा । रोल्पामा सडक खन्दै गरेको जेसिबी (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ ।

बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको अवस्थामा आइतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियो ।

ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्यूठानका अन्दाजी ४९ वषिय चालक हेपेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइते भएका नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

नगरकोटीको शवको पोष्टमार्टम गर्ने तयारी भईरहेको प्रहरी निरीक्षक लिलाराम आचार्यले बताए । सुलिचौर–पोबाङ थवाङ सडक खण्डको माबाङमा सडक खन्दै गर्दा एक्कासी खसेको ढिस्कोले जेसिबीमासमेत क्षति पुगेको छ ।

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको