एमसिसि र सिमा अतिक्रमणबिरुद्द नेकपा निकट भातृ संगठनको प्रदर्शन: २२ बढी पक्राउ (फोटो फिचर)


पुस १३, काठमान्डौ । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न खोजेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । एमसिसि र सिमाअतिक्रमण बिरुद्द भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

काठमाडौको वाल्मिकी क्याम्पसबाट निकाल्न खोजिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङ सहित २२ जनाभन्दा बढीलाई पक्राउ गरेकाे छ ।

नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले अमेरिकाले नेपाल लागु गर्न खोजेको एमसीसी परियोजना र सिमा अतिक्रमणको बिरोधमा प्रदर्शन गर्ने तयारी गरिएका बेला प्रहरीले हस्तक्षेप गरेको हो ।

फोटो फिचर:

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको