डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघ्यो


पुस १३, काठमाडौँ । शेयर कारोबार गर्न हितग्राही –डिम्याट) खाताको संख्इा १६ लाख नाघेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको डिम्याट खाताको संख्या १६ लाख २ हजार ८ सय ५६ पुगेको हो । हालसम्म करिब ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण –डिम्याट) भइसकेका छन् ।

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्र्रतिदिन बढ्दै गइरहेको छ ।

सीडीएस एन्ड क्लियरिङले देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो शेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको शेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको