सरकार गरिब र निमुखाको हितमा: प्रधानमन्त्री ओली


पुस १३, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब कोही भोकै मर्नुनपर्ने बताएका छन् ।

वर्तमान सरकार गरिब र निमुखाको हित गर्ने सरकार भएकाले कोही भोकै नमर्ने प्रधानमन्त्री ओलीले स्पस्ट पारेका हुन् । उनले भने, ‘सडकमानव बेसहारा भएर जाडोमा कठ्यांग्रिएर मर्ने स्थिती हुँदैन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट प्रेस संगठन नेपालले शनिवार आयोजना गरेको प्रधानमन्त्रीसँग सञ्चारकर्मी तथा राष्ट्रिय भेला र शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले जाडोमा कोही पनि नमरुन् भनेर स्थानीय सरकारलाई निर्देशन दिएको र त्यसका लागि कम्बल, ज्याकेट बाँडिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

१३ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको