सागअघि बन्द प्रशिक्षण छाडेर तुलसा कतार टाप


मंसिर १३, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारीमा रहेकी एथलेटिक्स खेलाडी तुलसा थापा बन्द प्रशिक्षण छाडेर कतार भागेकी छन् । तुलसा सागको बन्द प्रशिक्षणकै क्रममा होटलबाट भागेको नेपाल एथलेटिक्स संघले जनाएको छ ।

तुलसा नेपाल त्रिभुवन आर्मी क्लबकी खेलाडी हुन् । उनले हालै चीनमा भएको आर्मीको विश्व च्याम्पियनसिपमा पनि खेलेकी थिइन् । सागका पदकको आशा गरिएकी तुलसाको विधा चारसय मिटर दौड र चारसय मिटर रिले दौड हो ।

उनी बुधबार होटलबाट भागेर कतार गएको जानकारी आएको साग राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिए ।

तुलसाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार सय मिटरमा स्वर्ण जितेकी थिईन् । उनी पूजा गर्न मन्दिर जान्छु भन्दै भागेको र फर्किएर नआएपछि सोधखोज गर्दा कतार गएको थाहा भएको प्रशिक्षक चन्द्र गुरुङले बताएका छन् ।

२०७६ मंसिर १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको