प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– ‘स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’


मङ्सिर १३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६: ४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए । चिकित्सकहरुले पनि ओलीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका थिए । पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए ।

परीक्षणका क्रममा अपेन्डिसाइटिस भएको देखिएपछि चिकित्सकहरुले ओलीको शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओली अहिले अस्पतालममै उपचाररत छन् ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको