कोरियामा कामदारको माग घट्यो


मंसिर १३, काठमाडौँ । विगत धेरै बर्ष देखि नेपालीहरुको रुचिमा पर्न सफल भएको बैदेशिक रोजगारीको आकर्षक केन्द्रबिन्दु दक्षिण कोरियामा आर्थिक मन्दी लाग्ने भएको छ । जसको असर नेपालमा पनि पर्ने भएको छ ।

कोरियामा औद्योगिक क्षमता कमजोर हुँदै गएको छ भने निर्यात घटेको छ । जसलेगर्दा नेपाली कामदारको माग कम हुँदै गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस मार्फत सन् २००८ देखि नेपाली कामदार लाग्दै आएको छ ।

कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छाएको छ । कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ ।

कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ । त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ ।

कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको