सर्बोच्चको कडा आदेशपछि नेकपा कास्कीका इन्चार्ज रुपेश रिहा (आदेशसहित)


मङ्सिर १३, काठमाडौँ । अदालतको मानहानी मुद्दा लगाउने सर्बोच्च अदालतको कडा आदेशपछि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी कार्यलयको हिरासतमा झुठ्ठा मुद्दा लगाएर राखिएका नेता रुपेशका दाजु मुकेश वाग्लेले सर्बोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहिबार माननीय न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले नेता रुपेशलाई “कुनै राजनीतिक समुहसंग आबद् भएको आधारमा बदनियत राखी प्रवृत्त भावना राखेर पक्राउ गरेको कार्य अनुचित देखिएको भन्दै तत्काल थुनामुक्त गर्न आदेश थियो ।

सर्बोच्चले नेपाल सरकार, गृह मन्त्रालय र सो मन्त्रालय मातहत रहेका जिल्ला प्रशासन कार्यालय तथा, नेपाल प्रहरी र सो मातहत रहेका प्रहरी कार्यालयहरुलाई नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा उल्लेखित प्राबधान उल्लेख गरेरै ध्यानाकर्षण गराएको छ ।

त्यस उपधारामा “नेपालको संबिधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्बोच्च अदालतले गरेको संबिधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालना गर्नुपर्नेछ । सर्बोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून वमोजिम अवहेलनामा कारवाही गर्न सक्नेछ । ” सर्वोच्चको आदेशमा भनिएको छ ।

अदालतको यस चेतावनीपूर्ण आदेशपछि रिहा भएका नेता रुपेशलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै बलजफ्ती गिरफ्तार गरेको थियो । पक्राउको बिरोधमा नेपाल बार एसोसिएशनका अध्यक्षलगायतका पदाधिकारी र वकिलहरुले प्रहरीसंग प्रतिवाद गर्दै कानुनी राज्यको प्रत्याभूत गर्न र अदालतको आदेशको पालना गर्न आव्हान गरेका थिए । तर प्रहरीले नेता रुपेशलाई गिरफ्तार गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पुर्याएको थियो । त्यहाँ अदालतको आदेश हेरेपछि वाध्य भएर प्रहरीले नेता रुपेशलाई दाजु मुकेश वाग्लेको जिम्मा लगाएको थियो ।

नेता रुपेश अहिले उनका आफन्तसंग सुरक्षित रहेको पारिवारिकस्रोतले जानकारी दिएको छ । नेता रुपेशको पक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ताद्वय कपिल्चान्द्र पोख्रेल तथा दयानन्द पोखरेलले बहस गरेका थिए ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनसंचार डट कमका सम्पादक ओम हमाललाई गएको भदौ ६ गते पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३१ लेखनाथ खुदीबाट गिरफ्तार गरेको थियो।

अन्तरवार्ता लिन पुगेका पत्रकार हमाल पनि अदालतको आदेशले भदौ २४ गते रिहा भैसकेका छन् । त्यसपछि पनि फेरी गिरफ्तार गरिएका नेता रुपेशलाई प्रहरिले स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ, लमजुन, गोर्खा र नवलपुर जिल्ला पुर्याएर झुट्ठा मुद्दा लगाउंदै आएको थियो ।

पटक पटक उनको पक्षमा उनका दाजु मुकेश वाग्लेले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए । उनको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्बोच्च अदालतले हरेक पटक नेता रुपेशलाई निर्दोष भन्दै रिहा गर्न आदेश दिएको थियो ।

२०७६ मंसिर १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको