भारतीय अतिक्रमण विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा दाङमा प्रदर्शन, अध्यक्ष र सचिव पक्राउ


मङ्सिर १३, दाङ । भारतले कात्तिक १३ गते प्रकाशित गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि त्यसको विरोधमा देशैभरी दिनदिनै प्रदर्शनहरु भइरहेका छन् ।

सोहीक्रममा नेकपा निकट अखिल (क्रान्तिकारी) दाङले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रम प्रहरीको हस्तक्षेपका बीच भव्य रूपमा सम्पन्न भएको छ । उक्त विरोध प्रदर्शन कार्यक्रममा जाँदै गर्दा पद्मोदय नमुना उच्च माध्यमिक विद्यालय नजिकबाट अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसी र सचिव खुमन पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

विभिन्न स्कुलका विद्यार्थीहरूले नेपालको भूमि कालापानी, लिपुलेक लिम्पियाधुरा हाम्रो हो, हाम्रो भूमि फिर्ता गर, भारतीय दादागिरी बन्द गर, भारतीय साम्राज्यवाद मुर्दावाद भन्दै सडकमा ओर्लिएका थिए ।

विभिन्न ठाउँबाट निस्किएको विद्यार्थीहरुको र्यालीले घोराहीको बजार परिक्रमा गरेको थियोे । नेपालीभूमी अतिक्रमणको विरोध गर्दा गिरफ्तार गरेको भन्दै विद्यार्थीहरुले सरकार र प्रहरीका विरुद्धमा समेत नारा लगाएका थिए ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको