राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने पक्राउ


मंसिर १२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर अतिरन्जित गर्ने आकाश सिंह ठकुरी कैलालीबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने कैलाली घर भएका ठकुरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको हो ।

सीआईबीका प्रमुख (डीआईजी) निरज शाहीले ठकुरीलाई पक्राउ गरेर काठमाडैँ ल्याइसकेको पुष्टि गरे । पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका ठकुरीले ‘राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको’ डीआईजी शाहीको भनाइ छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१३ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको