यती एयरलाइन्सले भरतपुर–पोखरा उडान गर्ने [भाडादरसहित]


भदौ १२, चितवन । यती एयरलाइन्सले भदौ १५ गतेदेखि भरतपुर–पोखरा उडान गर्ने भएको छ ।

एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार भदौ १५ देखि हरेक बिहान साढे ११ बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने व्यवस्थापक ढकालले बताए ।

भरतपुरबाट पोखरा भाडादर २ हजार ५ सय निर्धारण गरिएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने उनले बताए । यती एयरलायन्सले हाल भरतपुर–काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी सेवा सुरु गर्न लागिएको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो ।

यसअघि, बुद्ध एयरले २०७४ भदौ ३० गतेबाट भरतपुर–पोखरा उडान गर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा ३ हजार ८ सय लिने गरेको छ ।

१२ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको