विदेश भ्रमणमा जाँदै ओली–प्रचण्ड


साउन १३ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा निस्किने भएका छन् ।

अध्यक्षद्वय ओली र दाहाल क्रमशः सिंगापुर र दुवई भ्रमणमा निस्किन थालेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने भोली (मंगलबार) दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् । अध्यक्ष प्रचण्डको दुवई भ्रमणको उदेश्य घुमघाम रहेको उनीनिकट श्रोतले जनाएको छ ।

केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् । स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ ।

पार्टीको बाँकी एकता टुंग्याउने क्रममा नेकपामा स्कुल विभागको प्रमुख ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई बनाउने भन्नेमा असारको पछिल्लो सातायता विवाद सुरु भएको थियो ।

नेकपाका ३३ मध्ये १८ पूर्व एमाले र १४ वटा विभाग पूर्व माओवादीले नेतृत्व गर्ने सहमति ओली र दाहालबीच भएपनि स्कुल विभागको नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्नेमा उनीहरुबीच सहमति हुन नसकेको हो।

सोमबार बसेको सचिवालय बैठक पनि दुई सातापछि बस्नेगरी विना निश्कर्ष टुंगिएको छ ।

१३ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको