कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने


साउन १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ । बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो ।

परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको छ । नतिजा प्रकाशनका लागि आज नै बोर्ड बैठक बोलाइएको छ ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए। बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको जनाएको छ ।

१३ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको